कक्षा ११ को नयाँ पाठ्यक्रम विकाशका लागि अध्ययन टोली गठन

प्रकाशित मिति : असार १, २०७८ मंगलबार


काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा ११ को नयाँ पाठ्यक्रम विकाशका लागि तीन सदस्य अध्ययन टोली गठन गरेको छ।

हाल तयार गरिएको नयाँ ३२ विषयको पाठ्यक्रमको अध्ययन गरी पेस गर्न पाठ्यक्रम परिषदका सदस्य प्राडा लेखनाथ शर्माको नेतृत्वमा तीन सदस्य टोली गठन गरिएको शिक्षा मन्त्रीका स्वकीय सचिव पुरन केसीले जानकारी दिए।

उक्त टोलीले ३२ विषयको पाठ्यक्रमलाई पाठ्यक्रम विकास केन्द्रको वेवसाइटमा राखी सात दिनभित्र सार्वजनिक गरी सुझाव माग गर्ने छ। सो तहको ४८ विषयको पाठ्यक्रम यस अघि नै स्वीकृत भएको छ भने ९९ बन्नु पर्ने छ ।

यसैगरी मन्त्रालयले सीटीईभीटीबाट सञ्चालित एसईईपछिको प्राविधिक विषयको अध्ययन र मानव श्रोत विकास केन्द्रअन्तर्गत सञ्चालित कक्षा ९–१२ को विषयलाई एउटै बनाउने गरी पाठ्यक्रम बनाउने कार्यदल गठन गरेको छ।

यो कार्यदलको नेतृत्व पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशव दाहालले पाएका छन्।


प्रतिक्रिया दिनुहोस्