आज ३२ जनाले कोभिड–१९ जिते

प्रकाशित मिति : २४ जेष्ठ २०७७, शनिबार  ६ : ४२


काठमाडौं । कोभिड– १९ लाई अहिलेसम्म ३६५ जनाले जितेका छन्। सङ्क्रमित बढेसँगै दैनिक कोभिड–१९ बाट निको भएर घर फर्कनेका सङ्ख्या पनि वृद्धि हुँदै गएको छ।

अहिलेसम्म ७० जिल्लामा तीन हजार २३५ सङ्क्रमित पृष्टि भएका छन्। शुक्रबार एकै दिन ४३ जनाले सङ्क्रमण जितेर घर फर्किका थिए भने आजै मात्र ३२ जनाले जितेर घर गएका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा देवकोटाले आज विभिन्न अस्पतालबाट ३२ जना डिस्चार्ज भएका जानकारी दिनुभयो।

डिस्चार्जमध्ये पाँच महिला र २७ पुरुष रहेका छन्। अहिलेसम्म डिस्चार्ज हुनेको सङ्ख्या ३६५ पुगेको छ । तीमध्ये २९९ पुरुष र ६६ महिला छन्।

जनकपुर प्रादेशिक अस्पतालमा रहेका धनुषा, महोत्तरी, सर्लाही, झापाका १५ जना डिस्चार्ज भएका छन् । तीमध्ये एक महिला र १४ पुरुष रहेका छन्।

१८ वर्षदेखि ४५ वर्षका उहाँहरु १२औँ दिनदेखि १७औं दिनसम्म अस्पतालमा रहेर डिस्चार्ज भएका हुन् । यस्तै बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका दुई महिला र दुई पुरुष डिस्चार्ज भएका छन्। उहाँहरु बाँके र गुल्मीका हुन्। २३ देखि ३५ वर्ष उमेर समूहका उहाँहरु १५आँै दिनदेखि १७आँैं दिनमा डिस्चार्ज भएका हुन्।

सेती प्रादेशिक अस्पतालबाट बैतडी र अछामका पाँच रहेका छन् । तीमध्ये एक महिला छन्। ११ वर्षदेखि ३८ वर्ष उमेर समूहका ११औं देखि १४औं दिनमा डिस्चार्ज भएका हुन्।

यसैगरी सुर्खेत अस्पतालमा रहेका सात जना पनि आजै डिस्चार्ज भएका छन्। सुर्खेतका छ जना १६ देखि ३६ वर्ष उमेर समूहका पुरुष र एक मुगुकी ३५ वर्षीया महिला छन्।

पिसिआर विधिबाट ९२ हजार ४७७ र आरडिटीबाट एक लाख ३७ हजार ४३५ व्यक्तिको परीक्षण गरिएको छ।


प्रतिक्रिया दिनुहोस्