आज ३२३ जना कोरोनाका संक्रमित थपिए

प्रकाशित मिति : २४ जेष्ठ २०७७, शनिबार  ४ : ३२


काठमाडौं । शनिवार थप ३२३ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलन मार्फत नयाँ संक्रमित थपिएको पुष्टि गरेको छ।

यो सँगै नेपालमा संक्रमितको संख्या ३२ सय ३५ पुगेको छ। नयाँ संक्रमितमध्ये २८६ पुरुष र ३७ महिला छन्।

शुक्रबार २७८, बिहीवार ३३४, बुधबार २०१ र मंगलबार २८८ जनाका कोरोना संक्रमण पुष्टि भएको थियो। हरेक दिन संक्रमितको संख्या बढ्दै गएको छ।


प्रतिक्रिया दिनुहोस्