कपिलवस्तुमा थप ३९ जनामा कोरोना पुष्टि

प्रकाशित मिति : २४ जेष्ठ २०७७, शनिबार  ३ : ५८


काठमाडौं । कपिलवस्तुमा आज थप ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार जिल्लामा योसँगै कोरोना संक्रमितको संख्या ५२३ पुगेको छ।

जसमा महाराजगन्ज नगरपालिकाका ४ देखि ४६ वर्षसम्मका ३१ पुरुष र ६ देखि ५५ वर्षका ६ महिला गरी ३७ जनामा संक्रमित देखिएको छ।

यस्तै यशोधरा गाउँपालिकाका २ जनामा संक्रमित देखिएको छ। वडानम्बर ७ का १ महिला र एक पुरुषमा संक्रमण देखिएको हो।

जिल्लाका १० वटै स्थानीय तहमा फैलिएको कोरोनाबाट हालसम्म जिल्लामा ५ सय २३ संक्रमित भेटिएका हुन ।


प्रतिक्रिया दिनुहोस्