डोल्पाका एक व्यक्तिमा मृत्युपछि कोरोना पोजेटिभ

प्रकाशित मिति : २४ जेष्ठ २०७७, शनिबार  १ : ३७


काठमाडौं । डोल्पामा मृत्यु भएका एक व्यक्तिमा कोरोना पोजेटिभ देखिएको छ।

डोल्पाको जगदुल्ला गाउँपालिका ३ का ५३ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो।

नेपालगन्जबाट १८ गते डोल्पा फर्केपछि उनी होमआइसोलेसनमा बस्दै आएका थिए।

दमको बिरामी रहेका उनको जेठ २० गते मृत्यु भएको थियो।

स्वाब संकलन गरि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा आज नतिजा पोजेटिभ आएको छ। यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ।


प्रतिक्रिया दिनुहोस्