भारतीय प्रहरीले मास्क नलगाएका व्यक्तिलाई ‘जर्ज फ्लोयड’लाई झैं घुँडाले घाँटी थिचेपछि हंगामा

प्रकाशित मिति : असार ४, २०७८ शुक्रबार


काठमाडौँ । भारतमा मास्क नलगाएका कारण प्रहरी अधिकारीले एक व्यक्तिको गर्धनमा घुँडाले थिचेको देखियो सार्वजनिक भएको छ।

उक्त भिडियो सार्वजनिक भएपछि समाजिक सञ्जालमा सनसनी मच्चिएको छ। भारतको जोधपुरमा घटेको उक्त घटनाको भिडियो सार्वजनिक भएपछि मानिसहरुले यसलाई भारतमा ‘जर्ज फ्लोयड हमला’ बताइरहेका छन्। उक्त घटनापछि जोधपुर प्रहरीको तिखो आलोचना भएको छ।

मुकेश कुमार प्रजापत नामका एक व्यक्ति मास्क नलगाई घर बाहिर निस्किएका थिए । यद्यपि, जोधपुरका डिसिपि प्रिति चन्द्राले प्रहरीले आत्मरक्षाका लागि यस्तो कदम उठाएको बताएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

‘ती व्यक्ति मास्क नलगाई घर बाहिर निस्किएका थिए । प्रहरीले जब उनलाई यसबारे सोधे तब उनले खल्तीबाट मास्क निकालेर देखाए र उनलाई धम्की दिन थाले । त्यसपछि प्रहरीले जीप मगाए तर जीप आउनु अघि नै ती व्यक्तिले प्रहरीलाई थप्पड र मुक्का हान्न सुरु गरे । तसर्थ प्रहरीले यस्तो कदम उठाउनु परेको हो, जोधपुरका डिसिपि चन्द्राले भनिन्।


प्रतिक्रिया दिनुहोस्