आज प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रकाशित मिति : २४ जेष्ठ २०७७, शनिबार  १० : ४२


काठमाडौँ । आज (शनिबार) बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ।

बैठकको सुरुमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा
पढेर सुनाउने कार्यसूची छ।

विनियोजन विधेयक, २०७७ को विभिन्न शीर्षकहरुमाथि जारी छलफल अन्र्तगत अर्थ मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलगायतका शीर्षकहरुमाथि छलफल हुनेछ।

यस्तै, जनमोर्चा सांसद दुर्गा पौडेलले विनियोजन विधेयक, २०७७ अन्र्तगत विभिन्न मन्त्रालयगत शीर्षकको खर्च रकममा एक सय रुपैयाँ घटाईयोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने अर्को कार्यसूची रहेको छ।

हेर्नुहोस् कार्यसूची तालिका


प्रतिक्रिया दिनुहोस्