आज अमेरिकी डिभी चिठ्ठाको नतिजा सार्वजनिक हुँदै, यसरी हेर्न सकिन्छ

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौँ । सन् २०२१ को अमेरिकन डाइभर्सिटी भिसा (डिभी) चिठ्ठाको नतिजा आज (शनिबार) राति सार्वजनिक हुँदैछ ।

गत वर्ष (२०१९) मा भरेको डिभीको नतिजा आज शनिबार १२ बजेपछि सार्वजनिक हुने डिभीप्रोग्राम डट स्टेट डट गोभले जनाएको छ। गत वर्ष अक्टोबर २ देखि नोभेम्बर ५ सम्म खुलेको ‘अमेरिकी डिभी चिठ्ठा’को नतिजा आज सार्वजनिक हुन लागेको हो।

‘अमेरिकी डिभी चिठ्ठा’ परे नपरेको हेर्न ‘डिभी’ फारम भर्दाको ‘कन्फर्मेसन’ पेजमा भएको नम्बर, आफ्नो थर र जन्म मिति आवश्यक पर्छ।ब्युरो अफ काउन्सुलर अफेयर्सको वेब साइटमा गई आफ्नो नाम र कन्फरमेसन नम्बर राखेर नतिजा हेर्न सकिन्छ। नतिजा चेक गरेको पैसा लाग्दैन। डिभीको नतिजा कम्प्युटर प्रणालीबाट छानिन्छ।

इडिभी पर्यो कि परेन भनेर https://dvprogram.state.gov/ लिंकमा गएर डिभी चिठ्ठाको नतिजा हेर्न सकिन्छ। डिभी भर्दा दिइएको कन्फरमेसन नम्बरका आधारमा आफूलाई डिभी परेको वा नपरेको जानकारी लिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्