सार्वजनिक स्थानमा जाँदा कपडाको भएपनि मास्क लगाउन डब्ल्यूएचओको निर्देशन

प्रकाशित मिति : असार ५, २०७८ शनिबार


काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले सार्वजनिक स्थानमा जाँदा अनिवार्य मास्क लगाउन निर्देशन दिएको छ।

यसअघि स्वस्थ व्यक्तिले मास्क लगाउन नपर्ने बताएको डब्ल्यूएचओले सामाजिक दुरी कायम गर्न सम्भव नहुने स्थानहरुमा जाँदा मास्क लगाउन निर्देशिका जारी गरेको छ।

सार्वजनिक यातायात, बजार, शरणार्थी शिविर जस्ता स्थानमा जाँदा कम्तिमा घरमै बनाइएको कपडाको मास्क भए पनि लगाउन डब्ल्यूएचओले निर्देशन दिएको हो। यो नियम विश्वका धेरैजसो देशहरुले यसअघि नै लागु गरिसकेका छन्।

डब्लुएचओका कोभिड–१९ सम्बन्धमा प्रमुख प्राविधिक विज्ञ डा मारिया भान केर्खोभले कपडाको मास्क मात्रै लगाउँदा पनि कोरोना भाइरस मिसिएका थुकका छिटाहरुबाट केही हदसम्म जोगिन सकिने उल्लेख गरेकी छन्। तर ६० वर्षभन्दा बढी उमेरका व्यक्तिहरुले भने मेडिकल मास्क लगाउर्नैपर्ने डब्ल्यूएचओले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्