नेपालमा बिहानै १७ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति : असार ३, २०७८ बिहीबार


काठमाडौँ । नेपालमा शनिबार बिहानै १७ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ।

गण्डकी प्रदेशको कास्की, स्याङ्जा, बागलुङ्ग र पूवी नवलपरासीमा थप १७ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले पुष्टि गरेको छ। यद्यपी संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यसको पुष्टि गर्न बाँकी नै छ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा वालिङ नगरपालिकाका १६, १९, २३, २५, ३२, ४४, ५२ र ५४ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो। त्यस्तै स्याङ्जाकै हरिनास गाउँपालिका १८, र ४० वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ।

त्यस्तै कोरोना पोजेटिभ देखिनेमा वागलुङ्को ताराखोला गाउँपालिकाका ३९ वर्षीय पूरुष, कास्कीको रुपा गाउँपालिकाका २३ र ३२ वर्षीय पूरुष, तथा पोखरा महानगरपालिकाका ५९ वर्षीय पूरुष रहेका छन्।

भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा पूवी नवलपरासीको बिनय त्रिवेणी गाउँपालिकाका १८, १९ र २७ वर्षीय पूरुषमा कोरोना देखिएको निर्देशनालयले जनाएको छ।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ।


प्रतिक्रिया दिनुहोस्