आज जेठ २४ गते शनिबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

प्रकाशित मिति : २४ जेष्ठ २०७७, शनिबार  ६ : ५३


मिति २०७७ साल जेठ २४ गते, शनिबार, ईश्वी सन् २०२० जुन ०६ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेष्ठ आषाढ कृष्णपक्ष । तिथि- प्रतिपदा।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) धनमाल हराउन तथा लुटिन सक्छ सजक रहनुहोला । व्यापार व्यावसायमा मन्दि आउने तथा घाटा लाग्नेछ । कामका सवालमा उठ्ने गोप्य कुराहरु बाहिर आउन सक्ने हुनाले सजक रहनु पर्नेछ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) घरमै बसेर गरिने अध्ययनले पढाइ लेखाइमा थोरै समय दिएपनि उत्कृष्ट नतिजा हात पार्न सकिनेछ । स्वास्थ्य सवल रहने हुदा शरिरमा एक किसिमको जोस जागर आउनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) पुराना समस्याहरु बल्झन सक्छ ध्यान दिनुहोला । अध्ययन अध्यापनमा ध्यान नजादा अरुभन्दा पछि परिनेछ । मामा तथा मावली पक्षसँग बिवाद बढ्ने योग रहेको छ । सामान्य स्वास्थ्य सम्वन्धी समस्या आउनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) पढाइ लेखाइमा सुधार भएर जानेछ भने नतिजा आफैतिर ल्याउँन सकिनेछ । परिवार तथा सन्तानबाट तपार्ईँले गरेको काममा सहयोग हुनेछ । माया प्रेममा विश्वासको वातावरण बढेर जानेछ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) कषि तथा पशुपालन व्यावसायमा लागनी बढाई मनग्गे लाभ लिन सकिनेछ । पढाइ लेखाइमा समय दिन नसकिने हुदा अरुभन्दा पछि परिनेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँने तथा कामहरु समयमा सकाउँन मुस्किल पर्नेछ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) बिद्यार्थीहरुले पढ्न लेख्न मन नगर्दा पढाइ बिग्रने अधिक सम्भावना रहेकोछ । व्यापार व्यावसायमा सोचेजस्तो आम्दानी नहुँदा थप लगानी गर्ने वातावरण गुम्नेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) आफन्त तथा परिवारको साथ रहने हुदा उपलव्धी मुलक कामहरु समयमा नै सम्पन्न हुनेछन् । प्रेममा रमाउँन चाहनेहरुका लागी समयले साथ दिने हुनाले एक अर्कालाई विश्वास गर्दै जान सकिनेछ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) पढाइ लेखाइमा मनजाने हुनाले चाहेजस्तो नतिजा ल्याउँन सकिनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरुले जनताको पक्षमा काम गर्न सक्दा मान सम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) पढाइ लेखाइमा अल्छि गर्नाले अरुभन्दा निकै पछि परिनेछ । स्वास्थ्य बिग्रने हुँदा कामहरु प्रभावित हुनेछ सचेत रहनुहोला । काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) माया प्रेममा सामिप्यता बडेर जानेछ भने परिवार तथा सन्तानको प्रगतिमा मन प्रशन्न हुनेछ । भौतिक सम्पती तथा सवारी साधन प्राप्तिको गतिलो सम्भावना रहेकोछ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) ईच्छा आकांक्षा तथा मनोकामना पूरा हुने समय रहेको छ । दाजुभाई तथा आफन्तबाट भने जस्तो सहयोग हुने हुनाले दैनिकी सहज मार्गमा अगाडी बढ्नेछ। सवारी साधन तथा अन्य सम्पतीहरु लाभ हुने योग रहेकोछ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) सरकारी स्तरमा तपार्ईँको प्रभाव बढ्ने हुनाले समयमा कामहरु बन्नेछन् । काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला ।


प्रतिक्रिया दिनुहोस्