किन कोरोना भाइरस वुहान बाहेक चीनको अन्य भागमा फैलिएको छैन? डोनाल्ड ट्रम्प

प्रकाशित मिति : २४ जेष्ठ २०७७, शनिबार  १ : ५०


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि चीनलाई प्रश्न तेर्सएका छन । उनले कोरोना भाइरस चीनले दिएको उपहार हो भन्दै यो धेरै नराम्रो उपहार भएको बताएका छन । उनी भन्छ्न चीनले यो राम्रो गरेको छैन उसले सुरुमा नै कोरोना भाइरस फैलिनबाट रोक्नु पर्दथ्यो ।

चीनलाई निशाना बनाउँदै अमेरिकी राष्ट्रपति ट्रम्पले भने, “किन कोरोना भाइरस वुहान बाहेक चीनको अन्य भागमा फैलिएको छैन?”

चीनले अमेरिकाको पूर्ण फाइदा लिएको छ। हामीले चीनलाई पुनर्निर्माण गर्न सहयोग गरेका थियौं र हरेक वर्ष अरबौ अरब डलर दिएका थियौं।

हालसम्म अमेरिकामा कोरोना भाइरस बिरामीहरूको सन्ख्या १८ लाख ७६ हजार नाघेको छ जसमध्ये एक लाख ८ हजार ३३३ भन्दा बढी मानिस मरेका छन्।


प्रतिक्रिया दिनुहोस्