देउखुरी कोरोना विशेष आइसोलेशनमा बिरामीको उपचार हुने

प्रकाशित मिति : २३ जेष्ठ २०७७, शुक्रबार  ८ : ४२


दाङ । दाङको राप्ती गाउँपालिकामा स्थापना गरिएको देउखुरी स्तरीय देउखुरी कोरोना आइसोलेसन सेन्टरलाई कसरी व्यवस्थापन गर्ने विषयमा छलफल गरिएको छ।

प्रदेश सांसद इन्द्रजित थारू, प्रदेशसभा सदस्य प्रदेश नं.५ का कानुन समिति सभापति दामा शर्मा, देउखुरीको चारवटा पालिका प्रमुख, नेपाली सेना र स्वास्थ्यकर्मी विच देउखुरी कोरोना आइसोलेसन सेन्टरलाई व्यवस्थापन गर्ने राप्ती गाउँपालिकाका अध्यक्ष नुमान्नद सुबेदिको संयोकत्वमा सात सदस्यीय र दुई सल्लाहकार सहित तदर्थ समिति गठन गरेको छ।

समितिले राप्ती प्राविधिक शिक्षालयमा देउखुरी स्तरीय कोरोना विशेष आइसोलेसन सेन्टर एकसय बेड निर्माणका लागि तत्काल देउखुरीका चारवटा पालिकाले एक हप्ता भित्र पहिलो पटकका लागि पन्ध्र लाख कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।

यस्तै शुक्रबार समितिले देउखुरीमा स्थापना हुन लागेको कोरोना आइसोलेशन केन्द्रको नाम कोरोना विशेष देउखुरी आइसोलेशन सेन्टर मौरीघाट राखेको संयोजक नुमानन्द सुबेदीले बताउनुभयो।

राप्ती गाउँपालिकाबाट आइसोलेशन केन्द्रको स्थलगत निरिक्षण गरि आवश्यक न्यूनतम पूर्वाधारको तयारी गर्ने र सम्पूर्ण खर्चको अभिलेख राख्ने तथा आइसोलेशन सेन्टर संचालन गर्नको लागि आवश्यक जनशक्ति योजना तयार गरि चारवटै पालिकाले जेठ २७ गतेभित्र खटाउने निर्णय गरेको संयोजक सुबेदीले बताउनुभयो ।

उक्त आइसोलेशन सेन्टरको नेपाली सेनाले पुरै सुरक्षाको जिम्मा लिनेछ। जेठ २८ गतेदेखि विरामीलाई उपचारको लागि भर्ना गरिनेछ।

यता लमही नगरपालिकाले नेत्रलाल अभागि स्मृति भवनलाई कोरोना विशेष आइसोलेशन सेन्टरको रूपमा स्थापना गर्न लागेको लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले बताउनुभयो। नगर प्रमुख केसीका अनुसार हाल उक्त भवनमा सुविधा सम्पन्न ३० बेडको आइसोलेशन सेन्टर स्थापना गरिने छ ।


प्रतिक्रिया दिनुहोस्