रुकुम घटनालाई लिएर अतिरञ्जना धेरै भए : किशोर नेपाल

प्रकाशित मिति : असार १०, २०७८ बिहीबार


काठमाडौं । वरिष्ट पत्रकार किशोर नेपालले रुकुममा घटेको घटनामा आफूले ‘जातिय विभेद’ प्रमुख आधार नदेखेको टिप्पणी गरेका छन्।

स्थलगत अध्ययनका लागि घटनास्थल रुकुमको चौरजहारीमा रहेका पत्रकार नेपालले रुकुमको घटनालाई लिएर लाभ लिन खोज्ने समुहले अतिरञ्जित पार्ने काम गरेको बताए।

रुकुममा जातिय विभेदको त्यति ठूलो समस्या नरहेको आफूले पाएको उनले बताएका छन्।

केहि व्यक्तिहरुले यस घटनालाई ‘नरसंहार’ भनेको प्रति असहमति जाहेर गर्दै उनले ६ जना व्यक्तिको दुःखद मृत्यु भएको र हत्या हो/होइन भन्ने कुरा प्रमाणित हुन बाँकी रहेको बताए।

दुईटा पक्षका टिन एजर्सको रिसिवी र दुश्मनीले निम्त्याएको दुःखद घटनालाई केही व्यक्तिले जर्बजस्ती ‘जातिय रंग’ दिन खोजेको उनको टिप्पणी छ।

नवराज विक घटनामा संमावेश हुने वित्तिक्कै त्यसलाई जातिय आधार भनेर भन्नलाई सजिलो भएपनि जातिय आधारनै प्रमुख आधार नदेखेको उनले बताए।

यस घटनामा सामाजिक कुण्ठा, राजनीतिक चातुर्य जस्ता कुराले पनि भूमीका खेलेको उनको भनाई छ।

उक्त परिवेशमा नवराजको ठाँउमा ‘थापा’ वा ‘सिटौला’ थरका युवाहरुबीचको झगडा भएको भएपनि यस्तो घटना निम्तिन सक्ने आफूलाई लागेको उनको भनाई छ।

समाचार माध्यमले पनि यस घटनाका तथ्यगत कुरालाई वंग्याएको उनको आरोप छ। सो घटनामा अनावश्यक राजनीतिक र जातीयकरण गर्दै जाने हो भने पीडितको न्याय प्रभावित हुन सक्ने उनले बताए ।


प्रतिक्रिया दिनुहोस्