सांसदले ‘रगत उमाल्ने’ मन्तव्य दिइन् : सरिता गिरी

प्रकाशित मिति : २३ जेष्ठ २०७७, शुक्रबार  १ : १२


काठमाडौं । समाजवादी पार्टीकी सांसद सरिता गिरीले एक सांसदले ‘रगत उमाल्ने’ अभिव्यक्ति दिएको आरोप लगाएकी छिन्।

यसअघिको संसद बेठकमा नेकपा सांसद गंगा चौधरीले संसदभित्र भारतीय चेलीको दादागिरी चल्न थाल्यो भन्दै कसैको नाम नलिइ व्यंग्य गरेकी थिइन।

प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै सांसद गिरीले आफ्नो विषयमा संसदमै घृणा फैलाउने अभिव्यक्ति
दिएको भन्दै सांसद चौधरीमाथि कडा कारबाही गर्न माग गरिन।

सांसद गिरीले आफूलाई भारतीय दलाल भनेकोमा आपत्ति मात्र जनाइनन्, सांसद चौधरीमाथि पनि प्रश्न उठाइन् ।

नेकपा सांसद कतै चीनबाट परिचालित त होइनन् भनेर उनले आरोप लगाइन। उनले सांसद चौधरीका श्रीमानले दाङमा चुनावका क्रममा चीनले दिएको भारतीय रूपैयाँ बाँडेको आरोप लगाएकी छन्।

उनले भनिन्, ‘दाङको स्थानीय चुनावमा उहाँका श्रीमानले भारु बाँडेका थिए । पछि स्थानीयले पक्राउ गर्दा चीनले दिएको रकम भएको पत्ता लाग्यो। कतै उहाँ उत्तरी छिमेकी चीनबाट परिचालित त होइन?’

सांसद गिरीले संसद बैठकमा यसअघि नक्सा प्रकाशित गर्नु अघि सरकारले भारत र चीनसँग छलफल नगरेकोमा आलोचना गरेकी थिइन्।


प्रतिक्रिया दिनुहोस्