नारायणकाजीपछि राष्ट्रिय सभाका अध्यक्षले गरे भत्ता नलिने घोषणा

प्रकाशित मिति : असार २, २०७८ बुधबार


काठमाडौं, २२ जेठ । राष्ट्रिय सभाको अध्यक्ष गणेश तिमिल्सिनाले भत्ता नलिने घोषणा गरेका छन् । बिहिबार प्रेस विज्ञप्ती जारी गर्दे कोरोना भाइरस संक्रमणको महामारीविरुद्ध लडिरहेको सन्दर्भमा सार्वजनिक खर्चमा मितव्ययीताका लागि कुनै पनि किसिमको भत्ता नलिने निर्णय गरेको जनाएको छ ।

उनले वि.स. २०७७ साल जेठ २२ गतेदेखि २०७७ चैत्र मसान्तसम्म भत्ता राजस्व कार्यलयमा जम्मा गर्न संघीय संसद सचिवालयलाई जानकारी गराएका छन् । उनले लेखेका छन्, ‘मुलुक कोरोना भाइरस संक्रमणको महामारी विरुद्ध लडिरहेको सन्दर्भमा सार्वजनिक खर्चमा मितव्ययीता ल्याउनको लागि २०७७ साल जेठ २२ गतेदेखि २०७७ चैत्र मसान्तसम्म संघीय संसद, राष्ट्रिय सभाको बैठक भत्ता तथा विभिन्न कामको सिलसिलामा मुलुकभित्र भ्रमण गर्दा समेत कुनै पनि भ्रमण भत्ता नलिने कुरा जानकारी छु ।’


प्रतिक्रिया दिनुहोस्