घाँटी थिचेर मारिएका जर्ज फ्लोयडमा कोरोना पोजेटिभ

प्रकाशित मिति : असार ३, २०७८ बिहीबार


काठमाडौं । अमेरिकाको मिनियापोलिस सहरमा प्रहरी नियन्त्रणमा रहेका बेला घाँटी थिचेर मारिएका जर्ज फ्लोयडमा कोरोना भाइरस संक्रमण पोजेटिभ पाइएको छ।

अफ्रिकी मूलका अमेरिकी नागरिक फ्लोयडको हत्या भएपछि अहिले अमेरिकाभर प्रदर्शन चर्किएको छ।

फ्लोइडको परिवारलाई स्वीकृति लिएर सार्वजनिक गरिएको मेडिकल रिपोर्टमा उनमा कोरोना पोजेटिभ देखिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन।

उनको मृत्युपछि पनि मिनीसोटाको स्वास्थ्य विभागले स्वाब परीक्षण गरेको थियो। 

गत मे २५ मा मिनिसोटाको मिनियापोलिसमा प्रहरीले हथकडी लगाएकै अवस्थामा जोर्जको घाँटीमा घुँडाले झन्डै ९ मिनेट थिचेका थिए।

उनले प्रहरीलाई ‘म सास फेर्न सक्दिनँ,’ ‘मलाई नमार’ भन्दै गरेको भिडियोमा देख्न सकिन्छ। तर, ती गोरा प्रहरीले सुनेको नसुनेझै गरेर घाँटी थिचेका थिए।

सोही क्रममा उनको निधन भएको थियो। हाल फ्लोइड हत्यामा संलग्न चारै प्रहरीलाई बर्खास्त गरिएको छ। उनीहरुमाथि हत्या अभियोग लगाइएको छ।

अमेरिकामा हिंसात्मक प्रदर्शन जारी छ।

 


प्रतिक्रिया दिनुहोस्