व्यवसायीले लकडाउन उल्लङ्घन गर्ने चेतावनी दिएपछि उपत्यकाका तीनै प्रशासनको आकस्मिक बैठक

प्रकाशित मिति : २२ जेष्ठ २०७७, बिहिबार  ६ : ३९


काठमाडौँ । उद्योगी-व्यवसायीहरुले लकडाउन उल्लङ्घन गर्ने चेतावनी दिएपछि उपत्यकाभित्रका तिनवटै जिल्ला प्रशासन कार्यालयको संयुक्त रुपमा आकस्मिक बैठक बसेको छ।

काठमाडौँ, भक्तपुर र ललितपुरका प्रशासन, सुरक्षा निकाय तथा स्थानीय निकायका पदाधिकारीलगायतको उपस्थितिमा बसेको आकस्मिक बैठकमा लकडाउन व्यवस्थित बनाउने विषयमा छलफल भइरहेको हो।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) जनकराज दाहालले तीनवटै जिल्ला प्रशासन तथाअन्तर्गतका सुरक्षा निकायको संयुक्त बैठकले लकडाउन कसरी व्यवस्थित बनाउने भन्ने विषयमा छलफल भइरहेको बताए। 

दाहालले भने, व्यवसायीले लकडाउन उल्लङ्घन गर्ने भनेपछि यसलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने बारेमा तीनवटै जिल्लाका प्रशासन, सुरक्षा निकाय, जिल्ला समन्वय समिति, स्थानीयतहलगायत मिलेर एउटा समाधानको बाटो खोज्छौं, यस विषयमा छलफल जारी छ।

लकडाउनले जनजीवन कठिन बनाएको भन्दै बिहीबारदेखि मुलुकका विभिन्‍न ठाउँहरुमा पसलहरु खुल्न थालेका छन्।


प्रतिक्रिया दिनुहोस्