पूर्वसभामुख महराद्वारा पत्रकार महासंघ दाङलाई १३ सय थान मास्क

प्रकाशित मिति : २२ जेष्ठ २०७७, बिहिबार  ५ : ५४


दाङ । कोरोना भाइरसको महामारीले देशलाई आक्रान्त बनाइरहेका बेला पूर्वसभामुख तथा दाङ क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य कृष्णबहादुर महरा स्वास्थ्य सामग्री बोकेर आफ्नो निर्वाचन क्षेत्रमा आउनुभएको छ । 

पछिल्लो समय दाङमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि कोरोना भाइरस संक्रमणको समाचार सम्प्रेषणमा अग्रपंक्तिमा रहने पत्रकारहरुलाई पूर्वसभामुख महराले १३ सय थान मास्क हस्तान्तरण गर्नुभएको हो ।

पूर्व सभामुख महराले नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव उदय जीएम र दाङ शाखा अध्यक्ष सविन प्रियासनमार्फत पत्रकारहरुलाई १ हजार ३ सय थान मास्क हस्तान्तरण गर्नुभएको हो ।

त्यस अवसरमा बोल्दै नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले प्रदान गरिएका मास्कलाई घोराही, तुलसीपुर र लमही क्षेत्रका पत्रकारहरुलाई वितरण गरिने जानकारी दिनुभयो । 
 


प्रतिक्रिया दिनुहोस्