दाङको मसोटखोला नजिकै ट्रक खस्दा एकको मृत्यु, एक घाइते

प्रकाशित मिति : २१ जेष्ठ २०७७, बुधबार  १ : २१


दाङ । जिल्लाको लमही–घोराही सडकखण्डको मसोटखोला नजिकै ट्रक खस्दा एकजनाको घटनास्थलमै मृत्यु भएको छ ।
 
बुधवार घोराहीदेखि लमहीतर्फ हिँडेको टीबी ०५९ डब्लु ०७७३३ भारतीय नम्बर प्लेटको ट्रक घोराही उपमहानगरपालिका वडा नम्बर ३ मसोटको तेस्रो घुम्टीदेखि करिब ५ सय मिटर तल खस्दा चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
 
दुर्घटनामा मृत्यु भएका ट्रकचालक भारत घर भएका बलदेब सिंह रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको ट्रकले एक मोटरसाइकललाई समेत ठक्कर दिएको र मोटरसाइकलचालक सामान्य घाइते भएको प्रहरीले जनाएको छ । घाइतेको नाम ठेगाना खुलेको छैन । त्यस्तै ट्रकका सहचालक पनि सम्पर्क बाहिर रहेको बताइएको छ ।
 


प्रतिक्रिया दिनुहोस्