सुष्मा स्वराजका श्रीमान भन्छन्, 'मनिषाले चीनलाई बीचमा ल्याउनु गल्ती'

dainikonline
दैनिक अनलाइन | जेठ ८, २०७७ बिहिबार | 0

काठमाडौं। नेपाल-भारत सीमा विवादमा अभिनेत्री मनिषा कोइरालाले गरेको एउटा ट्विटलाई लिएर नेपालमा प्रशंसा भइरहेको छ भने भारतमा आलोचना भइरहेको छ।

अभिनेत्री कोइरालामाथि भारतीय मिडिया खनिएका छन्, भारतीयहरु पनि आलोचनामा उत्रेका छन्।

लामो सयम बलिउडमा अभिनय गरेर ख्याती कमाएकी अभिनेत्री कोइरालाले दुई दिन अघि गरेको ट्विटमा नेपाल सरकारको निर्णयको समर्थन गरेकी थिइन्। उनले नेपाल, भारत र चीनले मिलेर यस विषयको समाधान गर्नुपर्ने संकेत गरेकी थिइन्।

उनको यहि ट्विटले भारतमा हंगामा मच्चिएको छ। भारतीय मिडियाहरु तुच्छ गाली गलौजमा उत्रेका छन् भने भारतीय विज्ञहरु आफ्नो झुटो दाबी प्रमाणित गर्न खोजिरहेका छन्।

अभिनेत्री कोइरालाको ट्विटको जवाफमा भारतकी पूर्वविदेशमन्त्री स्वर्गीय सुष्मा स्वराजका श्रीमान् स्वराज कौशलले जवाफ फर्काएका छन्।

स्वराज कौशलले अभिनेत्री मनिषाको आलोचना गर्दै नेपाल चीनको पकडमा गएको दाबी गरेका छन्।

यस्तो छ उनको ट्विट

‘म तपाइँसँग बहस गर्न सक्दिन मेरो छोरी। मैले तपाइँलाई सँधै आफ्नो छोरी मानेको छु। जब तपाइँले मलाई १९४२ः अ लभ स्टोरीको प्रिमियरमा निमन्त्रण दिनु भएको थियो तब मैले पुरै फिल्म हेर्न सकिन तर सुष्माले पुरै हेरिन्। त्यसबेला हाम्रो छोरी बाँसुरी तपाइँको काखमा बसेकी थिइन्। यो मात्र २७ वर्ष अगाडिको कुरा हो। सन् १९७७ पछि तपाइँ साउथ एक्सटेन्सनमा बस्न थाल्नुभयो। तपाइँ एपीजे विद्यालयमा पढ्नु हुन्थ्यो। तपाइँको बुबा प्रकाश कोइराला मेरा दाइजस्तै हो र तपाइँको आमा सुष्मा मेरी भाउजु र साथीजस्तै हुनुहुन्थ्यो। हामीले एक साथ मश्किल समयहरु देखेका छौं।’

कौशलले अगाडी भनेका छन्,‘तपाइँको हजुरबा बीपी कोइराला १८ वर्ष जेलमा बस्नु भयो। उहाँलाई क्यान्सर भएको थियो। तपाइँको बुबा प्रकाश हजुरबा बीपीको संघर्षका दिनहरुमा साथमा थिए। म सबैको विषयमा सोच्छु।’

‘तपाईका हजुरबुवा बीपी कोइरालालाई क्यान्सर पहिचान हुँदा म उहाँसँगै थिएँ । म सम्झिन्छु कि उहाँले भन्नुभएको थियो, यो एड्भान्स्ड स्टेजको क्यान्सर हो र म अब ६ महिना मात्रै बाँच्छु। म निराश बनेको थिएँ । तर, उहाँको अनुहारमा कुनै उदासी थिएन।

मलाई तपाईको परिवारको गरिमामय परम्परा थाहा छ। तपाईका हजुरबाका तीन दाजुभाइलाई म चिन्छु। उहाँहरु सबै नेपालका प्रधानमन्त्री बनेका हुनहुन्थ्यो। मलाई थाहा छ, तपाईको परिवारले कति संघर्ष गरेको छ । तपाईका हजुरबा वीपी १८ वर्षसम्म जेल बसे। उहाँहरुले यसकारण मृत्युदण्ड पाएनन् कि नेपालमा ब्राम्हणलाई मृत्यूदण्ड दिइँदैनथ्यो।’

धाराप्रवाह रुपमा गरिएका ट्विटमा स्वराजले अगाडी भारतीय पक्षले हिन्दू राज्य समाप्त पारेर नयाँ व्यवस्थाका लागि गरेको षडयन्त्रले आफैलाई निराश बनाएको उल्लेख गरेका छन्।

उनले एउटा ट्विटमा भारत र नेपालको आन्तरिक विषयमा  चीनलाई बिचमा किन ल्याएको भनेर मनिषालाइै प्रश्न गरेका छन्।

उनले भनेका छन्,‘जब तपाइँ चीनलाई बिचमा ल्याउनुहुन्छ तपाइँले नेपाल र भारतको हजारौं वर्ष पुरानो सम्बन्ध टुटाउँदै हुनुहुन्छ। तपाइँले एक सार्वभौम राष्ट्रको अवस्थालाई पनि तल पार्दै हुनुहुन्छ।’

‘भारतको नेपालसँग गुनासोहरु होलान् र नेपालको भारतसँग मुद्दाहरु होलान् । यो नेपाल र भारतबीचको कुरा हो । यसमा कसरी चीनलाई तान्छौ ? त्यो खराब हो हाम्रा लागि। नेपालको लागि पनि ठीक होइन।’

नेपालले लिपुलेक विवादमा भारतसँग मात्र नभई चीनसँग पनि संवाद गर्ने तयारी गरेको छ। नेपाली पक्षले यो विवादमा त्रिपक्षीय संवादमार्फत समाधान खोज्ने प्रयास गरेको हो।

यसमा चीनको समेत हात रहेको नेपाली नेतृत्वको बताउँदै आएको छ।

स्वराजले भने लिपुलेक विवादमा चीन संलग्न रहेको तथ्यलाई लुकाउँदै नेपाल चीन तर्फ ढल्केको भारतीय दाबी प्रमाणित गर्न खोजेका हुन।


 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय