पछिल्लो २४ घण्टामा अमेरिका भन्दा ब्राजिलमा धेरै कोरोना संक्रमित

dainikonline
दैनिक अनलाइन | जेठ ८, २०७७ बिहिबार | 0

काठमाडौँ । पानीको पहिलो धनी देश भनेर चिनिने ब्राजिलमा कोरोना भाइरसको संक्रमण तिब्र रुपमा फैलिएको छ। पछिल्लो २४ घण्टामा ब्राजिलमा कोरोनाबाट सबैभन्दा बढी प्रभावित बनेको अमेरिकभन्दा बढी संक्रमित थपिएका छन्। 

ब्राजिलमा पछिल्लो २४ घण्टामा मात्रै ९ सय ११ जनाको मृत्यु भएको छ भने २१ हजार ४ सय ७२ जना नयाँ संक्रमित थपिएका छन्। यो सँगै ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८ हजार ८ सय ९४ पुगेको छ भने २ लाख ९३ हजार ३ सय ५७ जना संक्रमित बनेका छन्। 

त्यस्तै अमेरिकामा पछिल्लो २४ घण्टामा मात्रै १ हजार ४ सय ६१ जनाको मृत्यु भएको छ भने २१ हजार ४ सय ८ जना नयाँ संक्रमित थपिएका छन्। यो सँगै अमेरिकामा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९४ हजार ९ सय ९४ पुगेको छ भने १५ लाख ९१ हजार ९ सय ९१ जना संक्रमित बनेका छन्। 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय