लकडाउनमा हेलचक्र्याइँ गर्दा कोरोनाको जोखिम बढ्दै

प्रकाशित मिति : ८ जेष्ठ २०७७, बिहिबार  १ : १६


जनकपुरधाम । यस प्रदेशको आठवटै जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जान थालेपछि जोखिम बढेको छ। 

यतिबेला सरकारले जारी गरेको बन्दाबन्दीको पूर्ण पालना गरी जोखिमलाई कम गर्नुपर्नेमा यसको पालना राम्रोसँग नहुनाले पनि प्रदेशमा जोखिम बढ्दै गएको सम्बद्ध व्यक्तिहरूकोे भनाइ छ।

लहान समाचारदाता जिवछ यादवका अनुसार बन्दाबन्दीको पूर्ण पालना नहुनाले सिरहाका सरोकारवाला निकायबाट चिन्ता व्यक्त गर्न थालिएको छ। लहान स्वास्थ्य शाखाका प्रमुख रामसुन्दर यादव देशकै सबैभन्दा ठूलो नगरपालिका लहान नगरपालिकामा समेत बन्दाबन्दीको पूर्ण पालना नभएको बताउँछन्। 

प्रहरी गाडी आएपछि घरभित्र जाने अरूबेला हेलचक्र्याइँ गर्ने, साँझबिहान चिया पसल, मदिरा पसल र चोकमा गफ गरेर बस्नेहरूको भीडभाडले कोरोना सङ्क्रमित हुनसक्ने जोखिम बढ्दै जान थालेको बताइन्छ। आजको गोरखापत्र दैनिकले खबर छापेको छ। 


प्रतिक्रिया दिनुहोस्