फेरि थपिए कोरोनाका संक्रमित

प्रकाशित मिति : ७ जेष्ठ २०७७, बुधबार  २ : २९


काठमाडौं । प्रदेश नं १ मा थप ७ जनामा भाइरस संक्रमण भेटिएको छ।

विराटनगरस्थित प्रदेश प्रयोगशालमा गरिएको परीक्षणमा झापाका ५ र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको प्रयोगशालामा धनकुटाका १ र धरान १ गरी कुल ७ जनामा कोरोना पुष्टि भएको छ।

यो सँगै प्रदेश १ मा मात्रै ६६ जनामा कोरोना पुष्टि भएको  छ। देशभर कोरोना संक्रमित हुनेको कुलसंख्या ४ सय ३४ पुगेको छ।

यसअघि आजै २५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको थियो।


प्रतिक्रिया दिनुहोस्