देशभर एक लाख १० हजार बढीकाे परीक्षण, थप संक्रमित २ देखि ४८ वर्षसम्मका

प्रकाशित मिति : ७ जेष्ठ २०७७, बुधबार  ११ : ०५


काठमाडाैँ । स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरणअनुसार देशभर बुधबारसम्म ३५ हजार ४ सय ९४ नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ भने ७५ हजार ७२ जनाको आरडीटी विधिबाट परीक्षण गरिएको छ ।

स्वास्थ्य मन्त्रालय २४ घण्टाको अवधिमा २ हजार ४ सय ८८ नमुना पीसीआर विधिबाट परीक्षण गरिएको छ । त्यसैगरी ३ हजार ६ सय १० जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । २३ हजार २ जना २ जना क्वारेन्टाइनमा रहेका छन् । त्यस्तै नेपालमा थप २५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ ।

योसहित नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४२७ पुगेको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप २५ जना कोरोना भाइरस संक्रमित भेटिएको जानकारी दिएको हो । मन्त्रालयक प्रवक्ता डा. विकास देवकोटाका अनुसार थप संक्रमित २ देखि ४८ वर्षसम्मका रहेका छन् ।

'पीसीआर परिक्षण शुल्क मन्त्रालयले नै तोक्छ'

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले निजी क्षेत्रलगायत अन्य स्वास्थ्य संस्थाहरुमा पीसीआर परिक्षणको शुल्क अहिलेसम्म नतोकिएको बताउनुभएकाे छ । स्वास्थ्य मन्त्रालयले नियमित रुपमा आयोजना गर्दै आएको कोरोना अपडेटमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले उक्त कुरा बताउनुभयाे ।

देवकोटाले त्यस्तै छिटो परिक्षण गर्ने इच्छा भएका व्यक्तिहरुलाई पीसीआर टेष्ट गर्ने सुविधा खुल्ला भएको बताउँदै अहिलेसम्म शुल्क नतोकिएको जानकारी दिनुभयाे । तर, एकरुपता कायम गर्नका लागि मन्त्रालयले नै शुल्क तोक्ने समेत उहाँले जानकारी दिनुभयाे । 

सञ्चारमाध्यममा आए जस्तो १५००० भन्ने कुरा हल्ला मात्र भएको बताउँदै उहाँले उक्त शुल्क कुनै पनि परिक्षण केन्द्र एवं अस्पतालहरुले तोक्न नपाउने पनि बताउनुभाे । 


प्रतिक्रिया दिनुहोस्