सिडिओ र नेताहरुले कोरोना फैलाए : सांसद बिडारी

प्रकाशित मिति : ७ जेष्ठ २०७७, बुधबार  १० : ०६


काठमाडौं । राष्ट्रियसभाका सांसद रामनारायण बिडारीले सिडिओ, सांसद तथा नेताका कारण कोरोना भाइरसको संक्रमण फैलिएको आरोप लगाएका छन्।

 बुधबारको राष्ट्रियसभा बैठकमा बोल्दै सांसद बिडारीले सांसद र नेताहरु गाउँगाउँ घुमेर कोरोना फैलाउने काम गरेको आरोप लगाए। यसमा सिडिओले मनलाग्दी पास वितरण गरेको उनको आरोप छ।

सिडिओले दारु खाँदा र तास खेल्दाका साथीलाई पनि पास बाँडेको उले बताएका छन्।


प्रतिक्रिया दिनुहोस्