कोरोना संक्रमितको मृत्यु भएको हल्ला फैलाएकोमा काँग्रेसको आपत्ति

प्रकाशित मिति : ७ जेष्ठ २०७७, बुधबार  ९ : ३१


काठमाडौं । जिम्मेवार प्रदेश मन्त्रीलेनै कोरोना संक्रमितको मृत्यु भएको झुटो खबर फैलाएको भन्दै नेपाली काँग्रेस रुपन्देहीले ध्यानाकर्षण भएको जनाएको छ।

गम्भीर अवस्थामा अस्पतालमा उपचार गराईरहेका गुल्मीका कोरोना संक्रमित शिक्षकको यसअघि निधन भएको हल्ला फैलिएको थियो। 

तर, अस्पतालले ती संक्रमितको अवस्था गम्भीर रहेको र भेन्टिलेटरमा (कृतिम श्वासप्रस्वासमा) राखेर उपचार भइरहेको जनाएको छ।

अस्पतालको विज्ञप्ति पछि झुटो खबर सञ्चारमाध्यममा फैलाएको भन्दै नेपाली काँग्रेस रुपन्देहीले विज्ञप्ति मार्फत आपत्ति प्रकट गरेको छ। 


प्रतिक्रिया दिनुहोस्