नेपालको नयाँ नक्सा केहीबेरमा सार्वजनिक हुँदै

प्रकाशित मिति : ७ जेष्ठ २०७७, बुधबार  ७ : ५२


काठमाडौं । सरकारले आज नेपालको नयाँ नक्सा सार्वजनिक गर्ने भएको छ।

क्याबिनेटबाट पारित भएको लिम्पियाधुरा, लिपुलेक तथा कालापानी समेटिएको अध्यावधिक नक्सा सार्वजनिक हुन लागेको हो।

केही बेरमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले औपचारिक रूपमा नयाँ नक्सा सार्वजनिक गर्दैछिन्।

गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले नयाँ नक्सा स्वीकृति गरेको थियो। सरकारले स्वीकृत गरेको उक्त नक्सा मंगलबार मुख्यसचिव लोकदर्शन रेग्मीले प्रमाणीकरण गरेका थिए।


प्रतिक्रिया दिनुहोस्