नेपालको पक्ष लिएको भन्दै मनिषा कोइरालामाथि खनिए भारतीय मिडिया

प्रकाशित मिति : ७ जेष्ठ २०७७, बुधबार  ७ : ०४


काठमाडौं । सीमा विवादमा नेपालको पक्ष लिएको भन्दै भारतीय मिडिया बलिउड अभिनेत्री एवं नेपाली छोरी मनिषा कोइरालामाथि खनिएका छन्।

नेपालको मन्त्रिपरिषद्ले नयाँ नक्सा स्वीकृत गरेपछि सोमबार परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले ट्विट गर्दै नक्सा चाँडै जारी हुने बताएका थिए।

उक्त ट्विट रिट्विट गर्दै अभिनेत्री कोइरालाले लेखेकी थिइन्,''हाम्रो सानो मुलुकको आत्मसम्मान कायम राखेकोमा धन्यबाद। हामी सबै अब तीनै महान राष्ट्रहरु बीच शान्तिपुर्ण र सम्मानजनक वार्ताको प्रतिक्षामा छौं।''

उक्त ट्विटलाई लिएर भारतीय मिडियाले अभिनेत्री कोइरालामाथि तुच्छ भाषा प्रयोग गरेका हुन्स।

भारतीय टेलिभिजन एबीपी न्युजले चीनको इशारामा ट्विट गरेको र नेपालको पक्ष लिएको आरोप लगाएको छ।

भारतको नुन खाने अनी चीनको पक्षमा गाउने भन्दै एबीपी न्युजले ‘खाति भारतकी ओर गाति चीनकी’ भन्दै समाचार प्रसारण गरेको छ।


प्रतिक्रिया दिनुहोस्