बेपत्ता योद्धाहरुको स्मृति दिवसमा अध्यक्ष प्रचण्डद्वारा सरकारको ध्यानाकर्षण

प्रकाशित मिति : ७ जेष्ठ २०७७, बुधबार  ६ : ५०


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बेपत्ता योद्धाहरुको अभिभावकत्व र तिनका शिक्षादीक्षा एवं भविष्य निर्माणका सन्दर्भमा उचित नीति, योजना र कार्यक्रम प्रस्तुत गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ । बेपत्ता योद्धाहरुको स्मृति दिवसको अवसरमा विज्ञप्ति प्रकाशित गर्दै अध्यक्ष प्रचण्डले त्यस्तो ध्यानाकर्षण गराउनु भएको हो ।

विज्ञप्तिमा अध्यक्ष प्रचण्डले बेपत्ता योद्धाहरुप्रति उच्च सम्मान प्रकट गर्दै सशस्त्र र शान्तिपूर्ण आन्दोलनका क्रममा बेपत्ता हुनुभएका योद्धाहरुकै संघर्षका कारण मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्याससहित समाजवादी क्रान्तिको तयारीको चरणमा रहेको उल्लेख गर्नुभएको छ । महान बेपत्ता योद्धाहरुको त्यागको सम्मान गर्दै समाज परिवर्तनमा उहाँहरुले देखेको सपनाहरुलाई सार्थकतामा बदल्नु कम्युनिष्ट क्रान्तिकारीहरुको जिम्मेवारी भएको पनि विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।

विज्ञप्तिको पूर्णपाठ


प्रतिक्रिया दिनुहोस्