तेस्रो कोरोना संक्रमितको मृत्यु नभएको अस्पतालद्वारा जानकारी

प्रकाशित मिति : ७ जेष्ठ २०७७, बुधबार  ६ : २१


काठमाडौं । गुल्मी मदानेका कोरोना संक्रमितको उपचार भइरहेको अस्पतालले जनाएको छ।

यसअघि मृत्यु भएको हल्ला फैलिएपछि क्रिमसन अस्पतालले उनी जिवितै रहेको र उपचार जारी रहेको जनाएको छ।

गम्भीर बिरामी रहेका ती पुरुषको भेन्टिलेटर (कृतिम श्वासप्रश्वास)मा राखेर उपचार भैरहेको छ।

अस्पताल प्रशासनले विज्ञप्ति जारी गरेर मृत्यु नभएको पुष्टि गरेको छ।

बुधबार मध्यान्ह विज्ञप्ति जारी गर्दै अस्पतालले कोरोना संक्रमित बिरामीको मृत्यु भएको भनेर समाचार आएकोमा त्यो गलत र भ्रामक भएको बताएको हो ।

संक्रमित ती व्यक्ति गुल्मीका शिक्षक हुन्। गुल्मीको मदाने गाउँपालिका पुर्कोट घर भएका उनी ज्वरो आउने र रुघाखोकी लाग्ने भएपछि जेठ १ गते अस्पतालमा भर्ना भएका थिए। 

उनलाई अस्पताल भर्ना भएको दिनदेखिनै आइसियूमा राखेर उपचार गरिरहेको छ।
 


प्रतिक्रिया दिनुहोस्