‘गुल्मीका संक्रमितको उपचार जारी, मृत्युको समाचार हल्लामात्र’

प्रकाशित मिति : ७ जेष्ठ २०७७, बुधबार  ५ : २२


काठमाडौँ । क्रिमसन अस्पतालको आइसियुमा उपचार गराइरहेका गुल्मी मदाने पुर्कोटका कोभिड–१९ संक्रमित बिरामीको अवस्था गम्भिर रहेको छ।  

विरामीको मृत्यु भएको बारे कतिपय सञ्चारमाध्यममा समाचार प्रकाशन र प्रसारण भइरहे पनि उनी जिवितै रहेको र उपचार जारी रहेको पुष्टि भएको छ। 

संक्रमित गुल्मीका शिक्षक हुन्। गुल्मीको मदाने गाउँपालिका पुर्कोट घर भएका उनी ज्वरो आउने र रुघाखोकी लाग्ने भएपछि जेठ १ गते अस्पतालमा भर्ना भएका थिए। उनलाई अस्पताल भर्ना भएको दिनदेखिनै आइसियूमा राखेर उपचार गरिरहेको छ। 

अस्पतालका जनसम्पर्क अधिकारी चन्द्रकान्त बस्यालले बिरामीको अवस्था स्थिर रहेको र उपचार जारी गरेको बताए। उनले मृत्यु भएको खबर सत्य नभएको पुष्टि गरे। 

उनले भने, 'सञ्चारमाध्यममा आएको समाचार सत्य हैन्। संक्रमितको उपचार जारी छ। भर्खरै डाक्टरको टोली चेकअप गरेर निस्केको छ।'


प्रतिक्रिया दिनुहोस्