भरतपुर अस्पतालको प्रसूति विभागमा उपचाररत युवतीको कोरोना रिर्पोट आयो

प्रकाशित मिति : ७ जेष्ठ २०७७, बुधबार  ३ : ५०


भरतपुर अस्पतालमा प्रसूति तथा स्त्रीरोग विभागमा उपचारका क्रममा रहेकी युवतीको पनि कोरोना सङ्क्रमण नेगेटिभ देखिएको छ। 

पौडेलका अनुसार सिन्धुलीबाट आएकी ३२ वर्षीया युवतीको नतिजा नेगेटिभ आएको हो। उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ। 

सिन्धुुलीबाट आएका कारण कोरोना सङ्क्रमण हुनसक्ने आशङ्का गरिएकामा भरतपुर कोभिड–१९ प्रयोगशालामा परीक्षणका क्रममा उनको नतिजा नेगेटिभ आएको हो। 


प्रतिक्रिया दिनुहोस्