ड्युटीमा खटिएका काठमाडौंका दुई प्रहरीमा देखियो कोरोना

प्रकाशित मिति : ७ जेष्ठ २०७७, बुधबार  ३ : ३६


काठमाडौं । काठमाडौंस्थित महानगरी प्रहरी वृत्त कालिमाटीमा कार्यरत एक जना सई र जवानलाई संक्रमण पुष्टि भएको छ । उनीहरुको रिपोर्ट राति अबेर मात्र आएपछि अहिले सशस्त्र प्रहरीको कोरोना अस्पताल वलम्बुमा लगेर आइसोलेसनमा राखिएको छ ।

कालीमाटी वृत्तमा करिब ९० जना प्रहरी रहेको र बाँकी प्रहरीको आज पिसिआर परिक्षण सुरु भएको छ । काठमाडौंमा सुरक्षाकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको यो पहिलो घटना हो । यसअघि नेपाल प्रहरीका रौतहटमा कार्यरत र नेपाली सेनाका महोत्तरीमा कार्यरत सुरक्षाकर्मीलाई कोरोना संक्रमण पुष्टि भइसकेको छ ।


प्रतिक्रिया दिनुहोस्