भारतमा एकै दिन अहिलेसम्मकै धेरै कोरोना संक्रमित फेला

प्रकाशित मिति : ७ जेष्ठ २०७७, बुधबार  २ : ०१


काठमाडौँ । भारतमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण झनै बढेको छ। पछिल्लो २४ घण्टामा मात्रै भारतमा ६ हजार १ सय ४७ जना नयाँ संक्रमित थपिएका छन्। एकै दिन यतिधेरै संक्रमित थपिएको यो पहिलो पटक हो। 

भारतमा पछिल्लो २४ घण्टामा मात्रै १ सय ४६ जनाको मृत्यु भएको छ । यो सँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३ सय २ पुगेको छ भने १ लाख ६ हजार ४ सय ७५ जना संक्रमित भएका छन्। जसमध्ये ४२ हजार ३ सय ९ जनाको उपचार सफल भएको छ भने ६० हजार ८ सय ६४ जना संक्रमितको उपचार भइरहेको छ। 

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामारी विश्वका २१३ देशमा फैलिएको छ। कोरोना महामारीका कारण अहिलेसम्म विश्वभर ३ लाख २४ हजार ८ सय ८९ जनाको मृत्यु भएको छ भने ४९ लाख ८५ हजार ८ सय २५ जना संक्रमित भएका छन्।  
 


प्रतिक्रिया दिनुहोस्