विश्व बैंकद्वारा अहिलेसम्मकै ठूलो आर्थिक प्याकेज घोषणा गर्‍यो

प्रकाशित मिति : ६ जेष्ठ २०७७, मंगलबार  ४ : ०६


काठमाडौँ । विश्व बैंकले कोरोना भाइरसको प्रभावका कारण ठूलो आर्थिक क्षति बेहोरिरहेका विश्वका १ सय मुलुकका लागि अहिलेसम्मकै ठूलो आर्थिक प्याकेज घोषणा गरेको छ।

बैंकले कूल १ खर्ब ६० अर्ब अमेरिकी डलर बराबरको आर्थिक प्याकेज घोषणा गरेको जनाएको छ। विश्वमा कुल जनसंख्याको करीव ७० प्रतिशत प्रतिनिधित्व गर्ने १ सय विकासशील मुलुक यो प्याकेजबाट लाभान्वित हुने भएका छन्। अनुदान र सहुलियतपूर्ण ऋणका रुपमा यो रकम मुलुकहरुले प्राप्त गर्ने भएका छन्।

कोरोना महामारीपछि विश्व बैंकले घोषणा गरेको यो अहिलेसम्मकै ठूलो आर्थिक सहायता हो। सोमबार स्वीकृत उक्त सहयोग आगामी १५ महिनाभित्र क्रमशः तोकिएका मुलुकहरुले प्राप्त गर्ने विश्व बैंकले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस्