कतारको जेलमा रहेका ८ जना नेपालीलाई क्षमादान

प्रकाशित मिति : ६ जेष्ठ २०७७, मंगलबार  १२ : २४


काठमाडौँ । कतारको जेलमा रहेका ८ जना नेपालीहरुले क्षमादान पाएका छन् ।

कतारस्थिति नेपाली दूतावासका अनुसार कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले इस्लाम धर्मावलम्बीको पवित्र महिना रमादानको अवसरमा कतारस्थित कारागारहरूमा विभिन्न अभियोगमा बन्दी जीवन बिताइरहेका ८ जना नेपालीहरूलाई क्षमादान दिएको छ ।

क्षमादान प्राप्त गर्नेहरुमा ४ जना कुटपिट, २ जना चोरी र २ जना सवारीजन्य कसुरमा सजाय भुक्तान गरिरहेका हुन् । उनीहरु अब नेपाल फर्किन पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्