कपिलवस्तु र सुनसरीमा भेटिए ५ जना कोरोना संक्रमित

प्रकाशित मिति : ६ जेष्ठ २०७७, मंगलबार  ५ : ३१


काठमाडौं । कपिलवस्तु र सुनसरीमा ५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । कपिलवस्तुको मायादेवी गाउँपालिकामा चार जना र सुनसरीको इटहरीमा १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको हो ।

कपिलवस्तुमा संक्रमित हुनेमा २०, ४०, ४२ र ४३ वर्षीय पुरुष रहेका छन् । उनीहरु चार जना भारतको मुम्बईबाट आएका हुन् । त्यस्तै इहटरीमा १८ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टी भएको छ ।


प्रतिक्रिया दिनुहोस्