कोरोनाबाट बच्न ट्रम्पले खाइरहेका छन् डेढ हप्तादेखि यस्तो औषधि

प्रकाशित मिति : ६ जेष्ठ २०७७, मंगलबार  २ : १३


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसको संक्रमणबाट बच्नका लागि आफूले डेढ हप्तादेसख हाइड्रोक्सिक्लोरोक्विनको सेवन गरिरहेको जानकारी दिएका छन्।

सोमबार ट्रम्पलाई मिडियाले उक्त औषधीको असरबारे प्रश्न सोध्दा उनले आफूले डेढ हप्तादेखि उक्त औषधिको सेवन गरिरहेको बताएका हुन्। उनले भने, ‘म करिब डेढ हप्तादेखि यसको सेवन गरिरहेको छु र म यहाँ तपाईंहरु सामू उभिएको छु। मेरो तर्फबाट यही प्रमाण हो। यसबारे निकै सकारात्मक प्रतिक्रिया आइरहेको छ।’

मलेरिया रोगको उपचारमा प्रयोग हुने यो औषधीको ट्रम्पले सुरुमा मजाक उडाएका थिए। यसको प्रभावकारिताबारे अमेरिका भित्रै पनि थुप्रैको भिन्न मत छ। यसबारे क्लिनिकल ट्रायल पनि चलिरहेको छ।


प्रतिक्रिया दिनुहोस्