थप १८ जनामा कोरोना पुष्टि, कुल संख्या ३७५ पुग्यो

प्रकाशित मिति : ५ जेष्ठ २०७७, सोमबार  ४ : ४१


काठमाडौं । नेपालमा फेरि १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

सोमबार साँझ खोटाङ र दैलेख जिल्लामा समेत गरि नयाँ १८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

यो सँगै अहिलेसम्म कोरोनाका घटना नदेखिएको कर्णाली प्रदेशमा पनि संक्रमण फैलिएको पुष्टि भएको छ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या ३ सय ७५ पुगेको छ। हालसम्म २ जनाको मृत्यु भएको पुष्टि भएको छ।


प्रतिक्रिया दिनुहोस्