आइसोलेसनमा रहेका एक युवकको रोल्पामा मृत्यु

प्रकाशित मिति : ५ जेष्ठ २०७७, सोमबार  ३ : २६


काठमाडौं। रोल्पा अस्पतालको आइसोलेसनमा रहेका एक युवकको मृत्यु भएको छ।

रोल्पा नगरपालिका–१ का २२ वर्षीय युवकको सोमबार दिउसो मृत्यु भएको हो।

ती युवक काठमाडौको त्रिवि शिक्षण अस्पतालबाट डायलसिस गरेर केही दिन अघि मात्र रोल्पा फर्केका थिए।

लामो समयदेखि मिर्गौलासम्बन्धी समस्या रहेका उनलाई रोल्पा फर्केपछि आइसोलेसनमा राखिएको थियो। 

यसअघि आरडिटी परीक्षणमा रिपोर्ट नेगेटिभ देखिएका उनमा खोकी र ज्वरो देखिएपछि अस्पताल भर्ना गरिएको थियो।

आइसोलेसनमै मृत्यु भएपछि उनको स्वाब संकलन गरी परिक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ पठाइएको छ।


प्रतिक्रिया दिनुहोस्