जम्मु–काश्मिरमा पाँच चिकित्सकमा कोरोना सङ्क्रमण पुष्टि

प्रकाशित मिति : ५ जेष्ठ २०७७, सोमबार  २ : ५५


जम्मु-काश्मिरमा सोमबार पाँच चिकित्सकमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ ।

सङ्क्रमित पाँच चिकित्सकमध्ये चार जनाले कोभिड–१९ का एक विरामीलाई उपचार सेवा दिने क्रममा सङ्क्रमण भएको स्थानीय अस्पताल स्रोतले बताएको छ ।

छाती रोग अस्पतालका प्रमुख चिकित्सक नवीद शाहले चिकित्सकहरूमा सङ्क्रमण भएको पुष्टि गर्दै भन्नुभयो, “सोमबार प्राप्त रिपोर्टमा पाँच चिकित्सकमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । उनीहरूमध्ये चार जनाले कोभिड–१९ बाट सङ्क्रमण भएका एक विरामीको उपचारमा खटिएका थिए ।”

संघीय (केन्द्रीय) स्वास्थ्य मन्त्रालयका अनुसार जम्मु-काश्मिरमा सोमबारसम्म एक हजार १८३ जना सङ्क्रमित रहेका छन् भने सङ्क्रमितमध्ये १३ जनाको मृत्यु भएको छ ।


प्रतिक्रिया दिनुहोस्