तलाउमा डुबेर मेरिल्याण्डमा एक नेपालीको मृत्यु

dainikonline
दैनिक अनलाइन | जेठ ५, २०७७ सोमबार | 0

मेरिल्याण्ड। मेरिल्याण्डमा २५ वर्षीय नेपाली युवाको निधन भएको छ। बाग्लुङ्ग जिल्ला घर भई मेरिल्याण्डमा बस्दै आएका वर्ष २५ का आशिष केसीको निधन भएको मेरिल्याण्ड राज्यका संसदमा प्रतिनिधित्व गर्ने सांसद ह्यारी भण्डारीले जनाएका छन्।

मेरिल्याण्डको युनिभर्सिटी अफ वाल्टिमोर वाशिङ्गटन मेडिकल सेन्टरले केसीको मृत्युबारे जानकारी दिएको भण्डारीले सामाजिक सञ्जालमार्फत जनाएका हुन्। 

विगत तीन वर्ष देखि मेरिल्याण्डमा बस्दै आएका आशिष गत शुक्रबार मेरिल्याण्डको रिची हाईवे नजिकको तलाउमा डुबेका थिए। 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय