लिम्पियाधुरा सहितको नेपालको नयाँ नक्सा पारित

प्रकाशित मिति : ५ जेष्ठ २०७७, सोमबार  १ : ४५


काठमाडौं । मन्त्री परिषद बैठकले लिम्पियाधुरा सहितको नेपालको नक्सा पारित गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त नक्सा पारित गरेको हो।

बैठकमा भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले नयाँ नक्साको प्रस्ताव गरेकी थिइन्। 

नयाँ नक्सामा भारतले अतिक्रमण गरेका लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रपनि समावेश छन्। पर्यटनमन्त्री योगेश भट्टराईले एक ट्विट मार्फत आजको मन्त्रिपरिषद्को निर्णयलाई ऐतिहासिक भनेका छन्।

भारतले नेपालको लिपुलेक हुँदै चीनको मानसरोवरसम्म जान सडक बनाएपछि भारतबाट अतिक्रमित भूभागसहितको नयाँ नक्शा प्रकाशित गर्न सरकारमाथि तीब्र दबाब परेको थियो। 


प्रतिक्रिया दिनुहोस्