प्रत्येक घरमा १ जनाको कोरोना परीक्षण गरिने

प्रकाशित मिति : ५ जेष्ठ २०७७, सोमबार  ११ : ०१


काठमाडौं । काठमाडौंकाे पूर्वस्थित कागेश्वरी मनोहरा नगरपालिकामा सबै घरमा कोरोना भाइरस (कोभिड–१९) परीक्षण गरिने भएको छ । नगरपालिकाले  प्रत्येक घरमा कम्तीमा १ जनाको कोरोना परीक्षण गर्ने योजना बनाएको छ ।

स्वास्थ्य शाखा र वडा अध्यक्षसहित आइतबार बसेको नगरपालिका बैठकले त्यस्तो योजन बनाएको हो । पहिलो चरणमा सरसफाईमा खट्ने गर्ने कर्मचारी, स्वास्थ्यकर्मी, महिला स्वयसेविका, प्रहरी, ट्रफिक प्रहरी, नगर प्रहरी, जनप्रतिनिध, राहत बाढ्न खटिने पार्टी प्रतिनिधि, समाजसेवी, रेडक्रसका सदस्य र विभिन्न संघ संस्थाका प्रतिनिधिसहित करिब १ हजारको परीक्षण गर्ने तयारी भइरहेको मेयर कृष्णहरि थापाले जानकारी गराउनुभएको छ ।

‘यसमा ६६ प्रतिशतको आरडी र पीसीआर तथा ३३ प्रतिशतको आरडीटी र पीसीआर टेष्ट गर्ने निर्णय भएको छ, बैठकपछि उहाँले जानकारी गराउनुभएको छ, आगामी दिनमा १ घर १ जनाको आरडी र पीसीआर टेष्ट गर्ने योजना रहेको नगरवासीलाई जानकारी गराउँछु ।’


प्रतिक्रिया दिनुहोस्