शैक्षिक प्रमाणपत्रको आधारमा बेरोजगारलाई सुरूआती पुँजी दिइने

dainikonline
दैनिक अनलाइन | जेठ २, २०७७ शुक्रबार | 0

काठमाडौं । सरकारले सबै विद्यालयमा इन्टरनेट पुर्याउने भएको छ।

शुक्रबार संघीय संसदको दुवै सदनको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सबै विद्यालयहरुमा सूचना प्रविधीको विकास गरिने बताएकी छन्। 

यस्तै सरकारले स्नातकोत्तर गरेका युवालाई विकास निर्माण र शैक्षिक विकासका काममा परितालन गर्ने उनले बताइन्।

‘चिनौ आफ्नो मानो, बनाउन आफ्नै देश’ नारासहित स्नातकोत्तर गरेका युवालाई विकास निर्माण र शैशिक विकासको काममा मुलुकभर परिचालन गरिने राष्ट्रपति घोषणा गरेकी छिन् ।

यस्तै, सरकारले शिक्षित बेरोजगारलाई प्रमाणपत्रको आधारमा व्यवसाय सुरू गर्नका लागि सुरूआती पुँजी उपलब्ध गराउने भएको छ।

यसअघिको सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने घोषणा गरेको थियो । 

तर अघिल्लो कार्यक्रमको असफलतापछि सरकारले प्रमाणपत्रको आधारमा व्यवसाय सुरू गर्न नगद दिने‍ कार्यक्रम ल्याएको हो।
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय