यस्तो छ कालापानी नजिकको छाङ्रु, महाकाली किनारमा गस्ती गर्दै नेपाल प्रहरी (फोटो फिचर भिडियोसहित)

dainikonline
तस्वीरः नारायण ढुङ्गाना/रासस
रासस | जेठ १, २०७७ बिहिबार | 0
तस्वीरः नारायण ढुङ्गाना/रासस

शब्द/तस्बिर : नारायण ढुङ्गाना

काठमाडौं । भारतले नेपाली भूमि प्रयोग गरी सडक निर्माण गरेको घटना सार्वजनिक भएसँगै सरकारले दार्चुलाको व्याँस गाउँपालिका १ छाङ्रुमा सशस्त्र प्रहरीको बीओपी स्थापना गरेको छ।

बुधबार काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टरमा गएको टोलीले छाङ्रुमा बीओपी स्थापना गर्नुका साथै सीमा क्षेत्रमा गस्ती बढाएको हो।

सशस्त्र प्रहरी बलको टोलीसँगै छाङ्रु पुग्नुभएका गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार प्रा.डा. इन्द्रजीत राईले भारतीय सीमा सुरक्षा बलका अधिकारीहरुसँग भेट गरी कुराकानी गर्नुभएको थियो।

दार्चुला जिल्लाको व्याँस गाउँपालिका–१ छाङ्रु (गागा)स्थित नेपाल–भारत सीमा जोडिएको महाकाली नदीमाथिको काठेपुल (सीतापुलं)मा गृहमन्त्रीका सुरक्षा सल्लाहकार राईले भारतीय एसएसबीका प्रतिनिधिसँग कुरा गर्नुभएको हो। सो क्रममा छाङ्रुस्थित सुरक्षा निगरानी पोष्टका प्रमुख सशस्त्र प्रहरी निरीक्षक लिलीबहादुर चन्द पनि सहभागी हुनुहुन्थ्इो।

हेर्नुहोस् भिडियो-

भिडियो गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले खिच्नुभएको हो।

त्यस्तै, बुधबारदेखि नै नेपाली सुरक्षाकर्मीले महाकाली नदी किनारमा गस्ती शुरु गरिसकेका छन्। नेपाल–भारत सीमा क्षेत्र दार्चुला जिल्लाको व्याँस गाउँपालिका–१ छाङ्रु (गागा)स्थित महाकाली नदी किनारमा सशस्त्र प्रहरीले गस्ती गरेका हुन्। 

नेपाल–भारत सीमा क्षेत्र छाङ्रु (गागा) मा सशस्त्र प्रहरी बल नेपालको सीमा निगरानी चौकी (विओपी)का लागि नेपाली सेनाको हेलिकोप्टरले बुधबार र बिहीबार आवश्यक हतियार र बन्दोबस्तीका सामान ओसारेको थियो।

हेर्नुहोस् फोटो फिचर-

 


 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय