पार्कमा आगो लाग्यो : बोटविरुवा जेलनन् बरु पलाए! कसरी भयो चमत्कार?

dainikonline
दैनिक अनलाइन | बैशाख ३१, २०७७ बुधबार | 0

काठमाडौँ । निकै आश्चर्य लाग्ने एउटा भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।

भिडियोमा देख्न सकिन्छ एउटा पार्कमा आगलागी भइरहको र आगो चारैतिर दन्किरहेको छ। 

आगो फैलिदै गर्दा सबै भन्दा रोचक पक्ष छ के छ भने आगो लागेपछि बोटबिरुवा तथा घाँस जलिरहेका छैनन् बरु हरियो भइरहेका छन्। 

पार्कमा आगो लागेपछि सेतो रहेको घाँस हरियो हुने कुरा कुनै फिल्मी घटनाक्रम जस्तो छ। तर, यो कुरा सत्य हो। उक्त भिडियो स्पेनको रहेको बताइएको छ।

उक्त भिडियोलाई फेसबुकमा एक स्पेनिस एनजीओ क्लब डी मोन्टाना क्लाओर्राले पोस्ट गरेको छ।

यो भिडियो फेसबुकमा अपलोड भएको केही घण्टामै लाखौं मानिसले हेरेका छन्।

यस्तो छ भिडियो

स्थानीय स्पेनिस सञ्चार माध्यमका अनुसार उक्त पार्क क्लाओर्रा नगरमा अवस्थित छ।

त्यस पार्कमा क्यानडाली चिनारी रूखहरूबाट झरेको सेतो पदार्थले घाँसलाई सेतो पारिदिएको छ। 

स्थानीय अधिकारीहरूले नियन्त्रित आगोको सहयोगमा त्यसलाई उक्त क्षेत्रबाट हटाएका हुन।

यो भिडियोलाई लिएरर सामाजिक सञ्जालमा धेरैले अनौठो लागेको बताएका छन्।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय