काठमाडौँकी संक्रमित महिला चन्द्रागिरी नगरपालिका निवासी

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  १ : ५९


काठमाडौँ । मंगलबार काठमाडौँमा कोरोना पुष्टि भएकी महिला चन्द्रगिरी नगरपालिका निवासी भएको खुलेको छ। 

उनीसहित भक्तपुरका दुई जनालाई मंगलबार कोरोना संक्रमण पुष्टि भएपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

भक्तपुरमा फेला परेका संक्रमित भने हालै तराईबाट काठमाडौँ आएको पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा समिर अधिकारीले बताउनुभयो। तीनै जनाको स्वास्थ्य अबस्था समान्य रहेको छ।

मंगलबार उपत्यकाका ३ जनासहित ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २१७ पुगेको छ। जसमध्ये ४३ जना उपचारपछि घर फर्किएका छन्। 


प्रतिक्रिया दिनुहोस्