मध्यराति गएको भूकम्पको केन्द्रबिन्दु दोलखा

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ६ : ३६


काठमाडौं । राष्ट्रिय भूकम्प मापन केन्द्रले मंगलबार राति ११ बजेर ५३ मिनेट जाँदा ५.३ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ।

भूकम्प मापन केन्द्रका अनुसार दोलखाको गौरिशंकर गाउँपालिकाको जुँगु आसपास केन्द्रबिन्दु भएर मध्यराति भूकम्प गएको हो।

भूकम्पको केन्द्रबिन्दुको गहिराई १०० किमि रहेको बताइएको छ।

धेरै गहिराईमा गएको हुनाले लामो समय र धेरै टाढा सम्म धक्का महसुस भएको हो। काठमाडौं उपत्यका समेत धक्का महसुस गरिएको छ। 


प्रतिक्रिया दिनुहोस्